काठमाण्डौ । गल्फ लुब्रिकेन्टका लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत बालाजुस्थित सुबुरा इन्पेक्सलाई भिटारा ब्रेजा (१५०० सीसी) गाडी गाडी प्रदान गरेको छ।

सुबुरा इन्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ। नेपाल ल्युब आयलका डेपुटी जनरल मेनेजर दिवाकर मिश्राले सुबुरा इन्पेक्सका प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए। 

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ। यसै सिलसिलामा २०७६/२०७७ तथा २०७७/२०७८ को २ वर्षको आवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किमअन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ।

नेपाल ल्युब आयलले टु ह्विलर रिटेलर स्किम तथा जीईआ तथा डीईओ रिटेलर स्किमका लागि पनि १ वर्षे सम्झौता गरेको छ।

कुसुम इन्टरप्राइजेज प्रालिअन्तर्गत रही काठमाण्डौ उपत्यकाभित्र गल्फ लुब्रिकेन्टका लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएको छ। बालाजुमा कार्यलय रहेको सुबुरा इम्पेक्सले विगत ३ वर्षदेखि गल्फ लुब्रिकेन्ट बिक्री गरिसकेको छ।