काठमाण्डौ । नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो। नेपाल ल्युब आयले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशीर्वाद अटो ट्रेडिङ र हेटौँडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ।
ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन ती नयाँ शोरुम सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
ती शोरुमको उदुघाटन नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले गरे। उनले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट प्रफर्मेन्स र अनम्याच्ड् क्वालिटीका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकमाझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो।’
नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले भने, ‘यो नयाँ उच्चस्तरीय शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउनेछौँ र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने छन्। गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनमा नेपालभर थप शोरुम खोल्दैछौँ। जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।
7 minutes ago
30 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago