काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका  उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले निकै चर्चित भारतीय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपील) का खेल हेर्न आफ्ना ग्राहकलाई दिल्ली र लखनउ लगेकोे छ।  

गल्फ लुब्रिकेन्ट निकै चर्चित आईपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ।  महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आईपीलकै सबैभन्दा उत्कृष्ट र सफल टिम मानिन्छ।  

आईपीलका दुई खेल लखनऊमा सम्पन्न चेन्नई सुपर किंग्सविरुद्ध लखनऊ सुपर जायंट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवाला गरी २१ जनाले स्टेडियममै पुगी खेल हेर्न मौका पाएको थियो।  

कम्पनीका अनुसार फेसबुक कन्टेस्टमार्फत १२ जना ग्राहकको छनोट गरिएको थियो भने बाँकी ९ जान गल्फका कर्पोरेट ग्राहक रहेको कम्पनीले जनाएकोे छ। 

कम्पनीक महाप्रबन्धक गंगाराज भट्टराईले भने, ‘इन्डियन प्रिमियर लिग (आईपील) क्रिकेट जगतको सबैभन्दा ठूलो प्रतियोगिता हो।  यो खेल स्टेडियममा बसी हेर्नेको अनुभव अतुलनीय छ।  निकै चर्चित आईपील टिम चेन्नई सुपर किंग्सका स्पोन्सर गल्फ लुब्रिकेन्ट भएकोले हामीले आफ्नो ग्राहक र सरोकारवालालाई यो अनुभव प्रधान गर्न सकेका हौँ। सम्भवतः यो नेपालीमै पहिलेपटक हो। यसले हाम्रा ग्राहक र सरोकारवालालाई गल्फ लुब्रिकेन्टप्रति अझै उत्साहित बनाएको विश्वास हामीले पाएका छौँ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।