काठमाण्डौ । गहुँ निर्यातमा प्रतिबन्ध लगाएको करिब २ महिनापछि भारत सरकारले ठूलो निर्णय लिएको छ।
भारतको केन्द्रीय वाणिज्य मन्त्रालयअन्तर्गत पर्ने विदेशी व्यापार महानिर्देशनालयले लगभग १६ लाख टन गहुँ निर्यातका लागि रजिस्ट्रेसन सर्टिफिकेट जारी गरेको हो। हाललाई लेटर अफ क्रेडिट (एलसी) भएका निर्यातकर्तालाई मात्र यो सर्टिफिकेट दिइएको छ।
भारत सरकारले गहुँ निर्यातका लागि गत मे १३ मा जारी गरिएको लेटर अफ क्रेडिट गरिएकाहरुका लागि मात्रै निकासी अनुमति दिएको छ।
देशमा खाद्यान्नको मूल्यवृद्धिलाई नियन्त्रण गर्न भारत सरकारले गहुँ निकासीमा रोक लगाएको छ।
रुस र युक्रेनबीच जारी युद्धका कारण विश्व बजारमा गहुँको आपूर्तिमा नराम्रो असर परेको छ। दुवै देश गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्। रसिया र युक्रेनले विश्वव्यापी गहुँ आपूर्तिको एक चौथाइ ओगटेको छ। – एजेन्सी
3 minutes ago
23 minutes ago
35 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago