काठमाण्डौ । कोरोनाभाइरस बारे विभिन्न खाले अफवाहहरु सामाजिक सञ्जालहरुमा यत्रतत्र हेर्न र सुुुन्न पाइन्छ । बिबिसीले त्यस्ता भम्रपूर्ण दाबीहरुको जाँच गरेको थियो, जुुन पछिल्लो साता सामाजिक सञ्जालहरुमा सबैभन्दा धेरै सेयर गरिएका थिए । यसमा गाजा सेवन गरे कोरोनाबाट बच्न सकिन्छ भन्ने एउटा दाबी पनि समावेश थियो । 

हजारौ मानिसहरुले सामाजिक सञ्जालहरुमा कोरोना भाइरसविरुद्धको उपचारमा प्रभावकारी हुुने भन्दै विभिन्न पोष्टहरु सेयर गरेका थिए । यस्तो पोष्टमध्ये केही लेख तथा तिनका शीर्षकहरु भ्रामक र गलत जानकारी प्रदान गर्ने खालका थिए । यो सत्य हो कि क्यानडा, इजरायल र बेलायत जस्ता अन्य देशहरु कोरोनाको उपचारमा गाजा प्रभावकारी हुुनसक्छ भन्ने विषयको परीक्षणमा लागिरहेका छन् । परीक्षणका क्रममा औषधीय गुुण भएको गाजाले संक्रमणको अवधि कम गर्नमा सफलता देखिएको छ र हुुन सक्छ, यसलाई साइटोकाइन स्ट्रोमको उपचारमा प्रयोग गर्न सकियोस् । 

साइटोकाइन स्ट्रोम कोरोना संक्रमण भएका गम्भीर बिरामीहरुमा देखिने गर्दछ । तर, यो सबै कुुराहरु अहिले परीक्षणकै क्रममा रहेका छन् । त्यसैले कोरोनाको संक्रमणको प्रभावकारी उपचारमा गाजा सहयोगी हुुन्छ भन्नु हतार हुुनसक्छ । 

क्यानडाको एक अध्ययनमा आधारित यस्तै एक लेखलाई फेसबुुकले आंशिक रुपमा गलत जानकारी दिने लेख भनेको छ । उक्त लेखमा गाजाले कोरोना संक्रमणलाई रोक्न सकिने भन्ने दाबी गरिएको थियो । 

पछिल्ला केही वर्षदेखि गाजालाई कयौ रोगहरुको उपचारमा सहयोगसिद्ध हुुने भन्दै प्रचार हुँदै आइरहेको छ । यस विषयमा गरिएका अनुुसन्धानहरुको परिणामहरु मिश्रित खालका छन् र यसमा मानिसहरुको उत्सुुकता पनि धेरै नै देखिँदै आइरहेको छ ।