काठमाण्डौ । डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ। 

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो। 

काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, विराटनगर, नेपालगन्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव, आमडाँगी, लामाचौर, पावरहाउस, हरिवनसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ। 

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल गाईघाटमा सुरुआत भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो–गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ। अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन्।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकका लागि डिश टीभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन्। फाइबरनेटका योजना १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध छन्।

डिशहोम फाइबरनेटले आफ्ना ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएस र रु. ८९९ प्रतिमहिना पर्ने १०० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।

यो गजबको प्याकेज अफरमा फाइफ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन्। 
डशहोम फाइबरनेट जडान गर्नका लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलरदाइकहाँ संपर्क गर्न सकिनेछ। 

आफ्ना ग्राहकमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना  डीटीएच प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो।