काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत चैत २१ गते २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आकस्मिक छलफल गरी विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको उक्त निर्देशनसँगै गाडी आयातका लागि बैंकहरुले एलसी रोकेका छन्।
अर्थ मन्त्रलयमा आज भएको नाडा प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले भने गाडीको एलसी नरोकिएको जिकिर गरे। उनले भेटमा केही बैंकहरुले सीडी रेसियो मेन्टेन गर्नका लागि एलसी रोकेको हुन सक्ने पनि बताए।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यकारी समितिले अर्थमन्त्री शर्मासँग भेट गरेको थियो। भेटमा नाडाका अध्यक्ष ध्रुवबहादुर थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेतीलगायत अन्य कार्यकारी समिति सदस्य उपस्थित थिए।
नाडाका महासचिव उप्रेतीले अर्थमन्त्री शर्मासँग बजेटका लागि सुझावका साथै एलसीमा कडाइ गरिएको विषयमा छलफलका लागि भेट गरिएको बताए। अटोमोबाइल्सको एलसी, प्रदर्शनी हल बनाउने, हालको अर्थतन्त्रलगायत अन्य विषयमा छलफल भएको उप्रेतीले बताए।
‘हामी विशेष गरी अटोमोबाइल्स सेक्टरको एलसी रोकिएको विषयमा छलफल गर्नका लागि गएका थियौँ’, उप्रेतीले भने, ‘हाम्रो कुरा सुनिसकेपछि अर्थमन्त्री शर्माले अटोमोबाइल्सलाई अर्थ मन्त्रालयका साथै सरकारले जहिले पनि प्राथमिकतामा राखेकोले एलसी रोक्नेजस्तो गलत काम गर्ने कुरा नै नआउने बताउनुभयो। उहाँले आफूहरुले एलसी नरोकेको र गाडीको एलसी रोक्ने जस्तो गलत निर्णय मन्त्रालयले नगर्नेसमेत बताउनुभयो।’
‘सीडी रेसियो मेन्टेन गर्न केही बैंकहरुले एलसी रोकेको हुन सक्ने अर्थमन्त्री शर्माले बताउनुभयो’, उप्रेतीले भने, ‘उहाँले मुलुकको सबैभन्दा ठूलो राजस्व तिर्ने क्षेत्रलाई मर्कामा पर्ने काम नगर्ने प्रतिबद्धता गर्नुभएको छ। उहाँले अर्थ मन्त्रालय नाडाका साथै समग्र अटोमोबाइल्स सेक्टरप्रति सकारात्मक रहेकाले सहकार्य गरी अघि बढ्नेसमेत बताउनुभएको छ।’
उप्रेतीका अनुसार अर्थमन्त्री शर्माले बजारमा २–४ जनाले आफ्नो मुडको हिसाबमा कुरा गर्दैमा उसले गरेको भरमा अरु लाग्नु नहुने पनि बताएका थिए।
12 minutes ago
23 minutes ago
32 minutes ago
49 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago