काठमाण्डौ । गुगलले कर्मचारीहरुका लागि ‘वर्क फ्रम होम’ सुविधा सन् २०२१ सेप्टेम्बरसम्म दिने भएको छ। 

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अल्फाबेट तथा गुगलका सीईओ सुन्दर पिचईले वर्क फ्रम होमको सुविधा बढाइएको जानकारी गराएका हुन्। सन् २०२१ अक्टोबरबाट गुगलका कार्यालयहरु खुले पनि कर्मचारीहरुले तीन कार्यालयबाट र बाँकी दिन घरबाटै काम गर्ने सुविधा पाउने छन्। 

सीईओ पिचईले कर्मचारीहरुलाई ई–मेल पठाउँदै कम्पनी फुल हाइब्रिड वर्कफोर्स मोडल अपनाइरहेको जानकारी पनि गराएका छन्। कम्पनीले यो हाइपोथिसिसको परीक्षण गरिरहेको छ कि फ्लेक्जिबल वर्क मोडलले प्रडक्टिभिटी र कोलाबोरेसन बढ्छ र अवस्थामा राम्रो हुन्छ। 

वर्क फ्रम होमको नयाँ समयसीमाबाट गुगलका २ लाख कर्मचारीहरु लाभान्वित हुनेछन्।

यसैगरी गुगलले २०२१ को दोस्रो त्रैमाससम्म आफ्ना कर्मचारीलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने पनि पिचईले जानकारी गराएका छन्। – एजेन्सी