काठमाण्डौ । कोरोनाभाइरसको प्रभावले विज्ञापनमा आएको कमी भन्दै टेक कम्पनी गुुगलले करिब २ हजार करार र अस्थायी कर्मचारीलाई काम हटाएको छ।

न्युुयोर्क टाइम्सका अनुुसार कम्पनीले कर्मचारी घटाएर खर्च कटौती गर्ने निर्णयअनुसार ती कर्मचारीलाई कामबाट हटाएको हो। गुुगलका प्रमुुख वित्तीय अफिसर रुथ पोराटले यो वर्ष गत वर्षको तुुलनामा कम्पनीले हायरिङको गतिलाई कमी दिएको बताएका छन्। 

गुुगलले विश्वर करिब १.३० लाख करार कर्मचारीहरु रोजगार प्रदान गर्दै आइरहेको छ। गुुगलले विज्ञापनमार्फत निरन्तर रुपमा आफ्नो आम्दानी वृद्धि गरिरहेको थियो। यो वर्ष भने विज्ञापनमार्फत हुुने आम्दानीमा कमी आएको गुगलले जनाएको छ। 

कामबाट हटाइएका ती २ हजार कर्मचारीले स्वेच्छाले पद छोड्नुुपर्ने गुगलले जनाएको छ। उनीहरुलाई कम्पनीका तर्फबाट बेरोजगार भत्ता र अन्य सेवासुुविधा उपलब्ध हुुने छैन। – एजेन्सी