काठमाण्डौ । सूचना प्रविधिको वर्तमानको युगमा तपाइँ हामी सबैले आफ्नो अत्यावश्यक डकुमेन्टहरुको सफ्ट कपी बनाएर गुगल ड्राइभमा स्टोर गर्ने गछौँ । किनकि यो क्लाउड सेवा एकदमै सुरक्षित हुने गर्दछ । यसमा फाइल लिक हुने सम्भावना पनि एकदमै कम हुने गर्दछ । तर फाइल स्टोर गर्दा कयौँपटक हतारमा हामी गलत बटन थिच्न पुग्छौँ । जसका कारण फाइल डिलिट हुन पुग्छ । यदि तपाइँसँग पनि यस्तो भएको छ भने दुःखी नहुनुुहोस् ।

यहाँ हामी तपाइँलाई एउटा यस्तो विशेष ट्रिकका बारेमा बताउन जादैँछौ, जसको सहायताले तपाइँ आफ्नो डिलिट भएको फाइललाई सजिलै रिस्टोर गर्न सक्नुहुन्छ । 

यसरी रिस्टोर गर्नुस् गुगल ड्राइभबाट डिलिट भएको फाइल
–डिलिट फाइललाई रिस्टोर गर्नका लागि सबैभन्दा पहिले गुगल ड्राइभ एपमा जानुहोस् 
–गुगल एपमा गइसकेपछि ट्रयास अप्सनमा क्लिक गर्नुहोस् 
–ट्रयास अप्सनमा क्लिक गरिसकेपछि यहाँ तपाइँले त्यो फाइल प्राप्त गर्नुहुन्छ, जुन डिलिट भईसकेको हुन्छ
–यीमध्ये तपाइँले त्यो फाइललाई रोज्नुहोस्, जसलाई तपाइँ रिस्टोर गर्न चाहनुहुन्छ 
–यसपश्चात डिलिट भएको फाइल रिस्टोर हुन्छ 

गुगल ड्राइभबाट डिलिट भएको फाइल ट्रयास फोल्डरमा केवल ३० दिनसम्म मात्रै उपलब्ध हुने गर्दछ । त्यसैले प्रयोगकर्ताहरुले ३० दिनभित्र आफ्नो फाइल रिकभर गरिसक्नुपर्छ । यदि प्रयोगकर्ताहरुले यस्तो गर्दैनन भने ३० दिनपश्चात फाइल आफै डिलिट हुन्छ । 

गुगल ड्राइभको सिक्रेट फिचर 
–कन्भर्ट डकुमेन्टस्: गुगल ड्राइभको यो महत्वपूर्ण फिचर्स हो । यसको माध्यमबाट तपाइँले आफ्नो आवश्यक डकुमेन्टहरुको सफ्ट कपीलाई पिडिएफबाट डक्स(डकुमेन्ट)मा बदल्न सक्नुहुन्छ । 
–सर्च फिल्टर्स
गुगल ड्राइभमा सर्च फिल्टरको सपोर्ट दिइएको छ । यसका माध्यमबाट तपाइँ कुनै पनि फाइललाई फर्म्याट, अनर र डेटको हिसाबबाट सर्च गर्न सक्नुहुन्छ ।