काठमाण्डौ । गुगल प्लेस्टोर एप एन्ड्रोइड प्रयोगकर्ताका लागि डाउनलोड गर्न सबैभन्दा सुरक्षित मानिन्छ। तर, कहिलेकाहीँ त्यसमा एपसँगै मालवेयर पनि अपलोड हुन्छ। यसका कारण डाउनलोड गर्ने प्रयोगकर्ताको धेरै जानकारी स्क्यामरहरुसमक्ष पुग्छ।

शार्कबोट भाइरसको खतरा

अहिले फेरि यस्तै रिपोर्ट आएको छ । यसमा गुगल प्लेस्टोरमा दुईवटा एपमा शार्कबोट मालवेयर देखिएको थियो । यस्तो अवस्थामा यदि कसैले आफ्नो फोनमा यी एप्स डाउनलोड गरेको छन् भने तत्कालै डिलिट गर्नुहोस्।

यी एप ६० हजारभन्दा बढी पटक इन्स्टल भएका थिए। जब यी एप गुगल प्ले स्टोरमा रिभ्यूका लागि पेस गरियो, त्यहाँ कुनै मालिसियस कोडहरु थिएनन्। तर, यो एप इन्स्टल गरेपछि प्रयोगकर्ताले यसलाई खोल्दा शार्कबोट मालवेयर अपडेटमार्फत इन्स्टल भएको थियो।

एनसीसी समूहको फक्स आईटीले एक ब्लग पोस्टमा यो जानकारी दिएको हो। मिस्टर फोन क्लिनर र किल्हवी मोबाइल सेक्युरिटी दुवबै मालिसियस एप हुन्, यी एप्स ६० हजारभन्दा बढी पटक इन्स्टल भएको बताइएको छ। तर, एउटा राम्रो कुरा के हो भने दुवै एप गुगल प्ले स्टोरबाट हटाइएका छन् । यद्यपि अहिले यी एप्स इन्स्टल गर्नेहरु जोखिममा छन्। यसका कारण उनीहरुले आफ्नो फोनबाट पनि यी एप मेटाउन आवश्यक छ। यो मालवेयरले मानिसहरुको बैंकिङ विवरण चोर्छ।

मालवेयर विश्लेषक क्लिफीले गत वर्ष अक्टोबरमा शार्कबोटका बारेमा बताए। यो एक इटालियन फ्रड म्यानेजमेन्ट र प्रिभेन्सन कम्पनी हो। एनसीसी समूहले पहिलोपटक मार्च २०२२ मा गुगल प्ले स्टोरमा मालवेयर पत्ता लगाएको थियो। –एजेन्सी