काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ११ करोड ८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २६.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १५ करोडरुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि २८.४९ प्रतिशतले घटेर १५ करोड २३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा २० करोड ३० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ३३.५६ प्रतिशतले बढेर २६ करोड ७३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २० करोड १ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ९४ करोड ६१ रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्म १० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा कम्पनीले रिजर्भको आकार २१.९५ प्रतिशतले बढेर ९४ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भमा ७७ करोड ५८ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) घटेर १०९.०१ प्रतिशतमा झरेको छ। गत वर्ष एनपीएल १४७.५९ प्रतिशत थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.६२ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस २३.०८ रुपैयाँ रहेको थियो।
5 minutes ago
29 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago