काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगत १ वर्षमा गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।
विभागले गत आर्थिक वर्ष २०७८–७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमुना परीक्षण गरेको थियो। जसमा २२४ वटा नमुना खान नमिल्ने पाइएको विभागले जनाएको छ। यीमध्ये पनि ११५ वटा उद्योगविरुद्ध भने विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा नै दायर गरेको हो।
विभागले यो अवधिमा खाद्यान्न एवं दलहनलगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योग, दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योग, दाना उत्पादन गर्ने १८ वटा उद्योग र प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध मुद्दा दाय गरेको छ।
त्यस्तै चिया तथा कफी उत्पादन गर्ने ८ वटा उद्योग, फल तथा सागपातसम्बन्धी ७ वटा उद्योग, मसला उत्पादन गर्ने ५ वटा उद्योग, गुलियो पदार्थ उत्पादन गर्ने ३ उद्योग, तेल तथा घ्यूजन्यको २ उद्योग, सोयासस उत्पादन गर्ने एउटा उद्योग र अन्य ८ वटा उद्योगविरुद्ध मुद्दा दाय गरेको छ।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago