काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म २ अर्ब २२ करोड बिमाशुल्क आर्जन गरेको छ । 

यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले अघिल्लो वर्ष ५० करोड ९४ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आयलाई बढाएर यो वर्ष ६५ करोड ८६ लाखको उचाईमा पुर्याएको छ भने ३ करोड ७ लाखमा सीमित बिमालेखको धितोमा कर्जाबाट हुने आय ५ करोड ५९ लाख पुर्याएको छ । 

यसरी कम्पनीले समीक्षा अवधिमा २ अर्ब ९९ करोड ८६ लाख आम्दानी गरेको छ । अघिल्लो वर्षको आम्दानी २ अर्ब ५२ करोडमा सीमित थियो । 

गुराँस लाइफले समीक्षा अवधिमा ५१ करोड ३३ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तनी ३४ करोड ३० लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष कम्पनीले १ हजार १२८ वटा दाबीभुक्तानी गरेको थियो भने यो पटक १ हजार ३६२ वटाको दाबीभुक्तानी गरेको छ ।  

कम्पनीको व्यवस्थापन खर्च पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले ३३ करोड ३२ लाख व्यवस्थापन खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च २७ करोड ७४ लाखमा सीमित थियो । 

कम्पनीको अघिल्लो वर्षको यही अवधिसम्म ९१ करोड ५५ लाख व्यय रहेकोमा यो वर्ष बढेर १ अर्ब ११ करोड ९२ लाखको उचाईमा पुगेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले ९ करोड ४९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ७ करोड ६४ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले जीवन बिमा कोषको आकार बढाएर ७ अर्ब ६६ करोडको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो कोषको आकार ५ अर्ब ८२ करोडमा सीमित थियो । 

अघिल्लो वर्ष २७ करोड ९३ लाखमा सीमित जगेडा तथा कोष बढेर यो वर्ष ३७ करोड ६४ लाख पुगेको छ भने ३ करोड ५९ लाखमा सीमित महाविपत्ति जगेडा ४ करोड ५४ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षसम्म २ लाख ७६२ रहेको बिमालेखको संख्या १ लाख ६५ हजारमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा कम्प्नीको प्रतिसेयर आम्दानी(वार्षिक) रु. १०.१२, मूल्य आम्दानी अनुपात ४५.९४ गुणा, प्रतिसेयर नेटवर्थ  रु. १४४.९५ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११०५.४९ रुपैयाँ रहेको छ ।