काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि (कात्तिक २० गते) देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (कात्तिक १९ गते) सम्म काम सेयरधनीहरुमात्र कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश कम्पनीले यही मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजना हुने दसौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।