काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन्। 

कम्पनी संञ्चालक समितिको गत वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

सोही बैठकले यसअघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ।