काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ।
बीमा समितिको स्वीकृति पाएसँगै कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामितव परिमार्जन गर्ने निर्णय गरेको हो।
हाल कम्पनीमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनीको छैटौँ वार्षिक साधारणसभाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको थियो।
साधारणसभाबाट अनुमोदिन सेयर स्वामित्व परिवर्तनको निर्णय स्वीकृतिका लागि कम्पनीले बीमा समितिमा पठाएको थियो। तर बीमा समितिले हाललाई संस्थापकको सेयर स्वामित्व ६० प्रतिशत कायम राख्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गर्ने निर्णय गरेको आज (असार २७ गते) प्रकाशित सूचनामा उल्लेख छ।
यसैबीच कम्पनीले सेयर स्वामित्व परिमार्जन गर्दा बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहेमा वा गर्ने इच्छा नभएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन पनि सम्पूर्ण संस्थापक सेयरधनीहरुलाई अनुरोध गरेको छ। यदि तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने पनि कम्पनीले जनाएको छ।
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago