काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २१ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आय २० करोड ३६ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा कम्पनीले ६४ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३५०.३४ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

कम्पनीको व्यवस्थापन खर्च घटेर ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष कम्पनीको व्यवस्थापन खर्च १० करोड ६ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २७.८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ८ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। गत वर्ष ५६ करोड ६२ लाखरुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ५७ करोड ५३ लाख रुपैयाँको भएको छ। 

प्रथम त्रैमासमा कम्पनीको खुद नाफा ४.१५ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४ कराड २७ लाख रुपैयाँ खुद नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ४ करोड ९ लाख रुपैयाँमा सीमित बनेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.३० रुपैयाँ रहेको छ। पीई रेसियो ७०.५९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२५ रुपैयाँ रहेको छ।