काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रियस्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ।

पोखराको होटल ग्रान्डमा आयोजित एक कार्यक्रमबीच कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रममा देशभरिका करिब ४०० उत्कृष्ट अभिकर्ताको संलग्नतामा सम्पन्न भएको थियो। 

कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोधलाल पुरीबाट भई स्वागत मन्तव्य कम्पनीका पोखरा क्षेत्रीय प्रमुख बाबुराम पौडेले दिएका थिए। कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले अभिकर्ताहरुको आर्थिकस्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिएका थिए। 

यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्रमाथि उकास्न अभिकर्ताहरुले आफ्नो पेसालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे। 

कार्यक्रममा अभिकर्तालाई सकारात्मक ऊर्जा प्रदान तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिम उत्प्रेरक सुदिप वस्नेतले प्रदान गरेका थिए।