काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ। 

कम्पनीको नारायणगढ शाखामा बुधबार आयोजित एक कार्यक्रमबीच शाखा ओमकार सिग्देलले कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरलगायतको उपस्थ्तििमा दाबी भुक्तानीबापत राना मगरलाई ५ लाख ९३ हजार ३२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सुमन राना मगरको केही समयअघि क्यान्सर रोगका कारण निधन भएको थियो। उनले २ वर्षअघि सिनियर एजेन्सी म्यानेजर कमला सुनारीमार्फत ५ लाख रुपैयाँको सावधिक जीवन बीमा गरेकी थिइन्। 

कार्यक्रममा शाखा प्रमुख सिग्देलले जीवन बीमासम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको बताए। ‘यो बचतमात्र नभई आर्थिक क्षतिविरुद्धका लागि महत्वपूर्ण भएकोले सबैलाई आवश्यक छ’, उनले भने।