काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय पोखराले २१ लाख २ हजार रुपैयाँको चेक रकम बीमितलाई हस्तान्तरण गरेको छ। 

कम्पनीको क्षेत्रीय कार्यालयमा २०७८ साल भदौ ३० गते रु. २० लाख बीमांकको जीवन बीमा गरेका पर्वत जिल्ला माहाशिला गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यमप्रसाद गुरुङको उपचारका क्रममा असामयिक निधन भएको हुँदा उनीको धर्मपत्नी मोतिमाया गुरुङलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरिएको हो। कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा क्षेत्रीय प्रमुख पौडेलले ‘एक बत्तीले लाख बत्ती बाले’जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दीयो बाल्नुपर्ने बताए। 

कार्यक्रममा वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत तिमिल्सिनाले जीवन बीमाले व्यक्ति नै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई  बचाइराख्न जीवन बीमामा लगानी गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा कम्पनीका वरिष्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराइटिङ विभागमा कार्यरत यमुना श्रेष्ठ, देवेन्द्र अधिकारी, सिनियर एजेन्सी मेनेजर कृष्णबहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर विनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेशकुमार श्रेष्ठका साथै अभिकर्ता गौमती गुरुङ र शान्ता खाँणलगायतको उपस्थिति थियो।