काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (चैत १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान १०ः३० बजेदेखि भिडियो कन्फ्रेन्सका माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्नेछ।
बोनस सेयर वितरणपछि अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफबीचको मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। मर्जपछि बन्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले मर्जर प्रयोजनका लागि १ः१ः१ सेयर स्वाप रेसियो कायम गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। हालसम्म भएका मर्जरसम्बन्धी सम्पूर्ण सम्झौता तथा कार्यहरु सभाले स्वीकृत गर्नेछ।
मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको काठमाण्डौ वडा नं. १ मा रहने तथा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago