काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुंगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।

आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टुका १२० विद्यार्थीको सहभागिता थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टीकाराम खड्काले स्वागत मन्तव्य दिँदै युवाहरुमा बीमासम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए। 

कम्पनीका कर्मचारी राजेन्द्र गाहाद्वारा सञ्चालित कार्यक्रममा कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्न महालक्ष्मी लाइफलाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी गराए। 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका कम्पनीका मार्केटिङ मेनेजर यमलाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए। 

बीमा समितिले बीमा सचेतना कार्यक्रम सञ्चालनका लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको छ। सोहीअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।