काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा सम्पन्न वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित भएको छ। 

सभाले हाल कायम रहेको चुँक्तापुँजी ८६ करोड ४० लाख रुपैयाँको १०.५२६३ प्रतिशत लाभांश वितरण (बोनस सेयर १० प्रतिशत तथा कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश) सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. ९५ करोड ४ लाख पुग्नेछ। 

समीक्षा वर्षको अन्त्यमा कम्पनीको निक्षेप अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढेर रु. ६ अर्ब ४९ करोड पुगेको छ। कर्जा सापट पनि २६ प्रतिशतले बढेर रु. ३ अर्ब ७७ करोड पुगेको छ।