काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आज मंगलबार उन्नाइसौं वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भएको छ ।

उक्त सभामा संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट सभापतित्व ग्रहण गरिएको थियो भने संचालक समितिको तर्फबाट डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर र किर्तिनाथ मास्केहरु सम्मिलित  भएका थिए । शेयरधनीहरु अभौतिक रुपमा  जूममार्फत पनि सभामा सहभागी भएका थिए ।

आ.ब. २०७६-७७ को नाफाबाट चुक्ता पुँजीको ३.४० प्रतिशतले नगद लाभांश रु. दुई करोड वहत्तर लाख बोनस शेयर तथा नगद लाभांश कर सहित र चुक्ता पुँजीको ८ प्रतिशतले रु.६ करोड चालीस लाख बराबरको बोनस शेयर प्रदान हुने गरी पारित गरिएको छ । बोनस शेयर वितरण गरे पश्चात यस संस्थाको चुक्ता पुँजी रु. ८६ करोड ४० लाख हुने छ । साथै हाल सम्म निक्षेप रु. ६ अर्व १३ करोड तथा कर्जा ४ अर्व ४५ करोड रहेको छ ।

यस संस्थाको प्रधान कार्यालय सहित जम्मा २१ वटा शाखा कार्यालयहरु तथा २ वटा एक्सटेन्सन काउण्टर रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।