काठमाण्डौ । गृह मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहका लागि विभिन्न पदमा पदपूर्ति गर्नका लागि मंगलबार १९८९ कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजअन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाइहरुमा आवश्यक एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले राजपत्र अनंकित प्रथम श्रेणीसरह एमआईएस अपरेटर पदका लागि ९९४ कर्मचारी र राजपत्र अतंकित द्वितीय श्रेणीसरह फिल्ड सहायक पदका लागि ९९५ कर्मचारी माग गरेको छ । एमआईएस अपरेटरमा दरखास्त दिन कम्प्युटर विषय कम्तीमा प्लस टु उत्तीर्ण गरेको वा प्लस टु उत्तीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

त्यस्तै फिल्ड सहायक पदका लागि मान्यता शिक्षण संस्थामा कम्तीमा एईई उत्तीर्ण गरेको हुनुपर्नेछ ।

दुवै पदका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुकको उम्मेदवार भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् । दुवै पदमा प्रतिस्पर्धा गर्न मन लागेमा छुट्टाछुट्टै दरखास्त पेस गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले अनलाइन दरखास्त पेस गर्नुपर्नेछ । अनलाइन दरखास्त फारम http://application.donidcr.gov.np मा भर्न सकिने छ ।

थप जानकारीका लागि तल हेर्नुहोस्ः