काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा जनता समाजवादी पार्टी र एमालेका संयुक्त मेयरका उम्मेद्वारले अग्रता लिएका छन् । 

यो नगरपालिकाको प्रारम्भिक मतपरिणाममा यस्तो अवस्था देखिएको हो । 

यो नगरमा जनता समाजवादी पार्टी र एमालेबीच चुनावी तालमेल भएको थियो । 

जसपाका मेयर उम्मेद्वारले हालसम्म २५५ मतसहित अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका मेयरका उम्मेद्वारले १९१ मतसहित र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६४ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवारले १८८ मतसहित अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १६९ र नेकपा एमालेको उम्मेदवारले ६२ मतसहित पछ्याइरहेका छन् ।