काठमाण्डौ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ९३ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा २४६.९७ प्रतिशतले घटेको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ करोड ७६ लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ३३६.८४ प्रतिशतले कम हो।
समीक्षा अवधिसम्म कम्पनीले १७ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ६ करोड १९ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी १८०.३१ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ८.९७ प्रतिशतले बढेर ७३ करोड २९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ६७ करोड २५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) घटेर ६.७६ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ८.१७ प्रतिशत थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.४७ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ४.४६ रुपैयाँ रहेको थियो। पीई रेसियो ३७.४९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८९.८९ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago