काठमाण्डौ । जब आफ्नो उपभोक्ताहरुसँग जोडिने कुरा आउँछ,गोर्खा बियरले बिरलै कुनै कसर बाँकी राख्छ ।
पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको पहुँचका लागि केही दिनअघि ल्याएको “नेपाली पन, गोर्खाली मन” क्याम्पेनलाई स्थानीय रुपमा अघि लैजान ब्राण्ड तमतयार भएको छ ।
जातीय भाषालाई क्याम्पेनको मुख्य संचारका लागि प्रयोग गर्दै ब्राण्ड क्याम्पेनलाई बढी स्थानीयकरण गर्न र देशभरका विविध समूहलाई सुहाउँदो बनाउने सोच ब्राण्डको रहेको गोर्खा ब्रुअरीले जनाएको छ ।
ब्राण्डले पहिलो पटक आफ्नो मास क्याम्पेनलाई क्षेत्रीय जातीय जनसंख्या समक्ष पुर्याउने कोशिश गरेको छ ।
कुनै पनि संस्कृतिको सबैभन्दा मुख्य कुरा भनेकै भाषा हो भन्ने कुरालाई बुझेर यो क्याम्पेनलाई नेवारी, गुरुङ्ग, तामाङ्ग, लिम्बु, मैथिली, भोजपुरी अनि थारु जस्ता क्षेत्रीय भाषाहरुमा समेत प्रस्तुत गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
नेपालको राष्ट्रिय भाषा नेपाली भएतापनि हरेक जातीय समुदायको आफ्नै मौलिक भाषा हुन्छ, जसले उनीहरुलाई एउटा समूहको रुपमा बाँधेको हुन्छ र उनीहरुसँग उनीहरुकै जातीय भाषामा प्रस्तुत हुँदा उनीहरु समक्ष पुग्नका लागि सबैभन्दा प्रभावकारी हुन्छ । यी क्षेत्रीय संचारहरु सबै मुख्य मिडियाका मञ्चहरुमा प्रवाहित गर्ने योजना कम्पनीको रहेको छ ।
आफ्नो क्याम्पेनलाई यसरी स्थानीय रुपमा लगेर गोर्खा बियर यस क्याम्पेनलाई विगतमा झै उदाहरणीय बनाउन तयार रहेको कम्पनीले प्रष्ट्याएको छ ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago