काठमाण्डौ । पिज्जा बेलायतमा सबैभन्दा मनपर्ने खानामध्ये एक हो। तर, अहिले बेलायतमा पिच्चाको हाहाकार मच्चिएको छ। 
बेलायतमा पिज्जा हाहाकार हुनुको मुख्य कारण गोलभेडा हो। 

केही दिनयता बेलायतमा गोलभेडाको मूल्य ४०० प्रतिशतले महँगो भएको छ। गोलभेडाको मूल्य अहिले ५ युरोबाट २० युरो पुगेको छ। यसको मतलब यो हो कि शेफहरु स्वादिष्ट भोजनका लागि केही सामग्रीमात्र बाँकी छन्। 

बेलायतमा इटालियन शेफहरुको संघका अध्यक्ष एन्जो ओलिभेरीले गोलभेडाको अभाव भएको बताए। पिज्जा बेस रिकोटा चिज र धेरै तरकारीहरु प्रयोग गरेर बनाउन सकिन्छ। उनले गोलभेडाको मूल्यमा सीमा तोक्न सरकारसँग माग गरेका छन्।

उत्तर लन्डनमा एक इटालियन रेस्टुरेन्टका सञ्चालक कार्मेलो कार्नाभेलले गोलभेडा मेनुबाट हटाइने बताइन्। उनले खाना पकाउन गोलभेडाको सट्टा अर्कै चिज प्रयोग गर्दा ग्राहकले मन नपराएको पनि बताइन्। ‘गोलभेडाको भाउ यसरी नै उकालो लाग्ने हो भने आगामी तीन सातासम्म गोलभेडालाई मेनुबाट बाहिर निकालिनेछ’, उनले भनिन्। 

बेलायतस्थित नेसनल फार्मर्स युनियन (एनएफयू)ले गोलभेडा र काँक्रोजस्ता ताजा तरकारीको अभाव हुन थालेको बताए। युरोप र उत्तर अफ्रिकामा खराब मौसमको कारण तरकारी उत्पादन घटेको छ। एनएफयूका उपाध्यक्ष टम ब्राडशाले आयातमा निर्भरताले बेलायतलाई आजको स्थानमा पुरुयाएको बताए। 

बेलायतका सुपरमार्केटहरुमा फलफूल र तरकारीको हाहाकार मच्चिरहेको छ। गोलभेडाको अभावका कारण तरकारी भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। –एजेन्सी