काठमाण्डौ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो सँगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रा आयोजना गर्दैछ।
गत साउन महिनामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलतापूर्वक सम्पन्न कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई गाईघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजना गरिने कम्पनीले जनाएको छ।
मंसिर १५ गतेदेखि हुन लागेको यो कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको बिर्सिनै नसक्ने प्रस्तुति प्रस्तुत हेर्न पाइनेछ।
हाल हुन लागेको यस कमेडी यात्रालाई पनि दर्शकले पहिलेजस्तै माया गरेर सफल बनाउने छन् भन्ने विश्वास कम्पनीको छ।
19 minutes ago
27 minutes ago
59 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago