काठमाण्डौ। भारतीय धनाढ्य व्यापारी गौतम अडाणीलाई भारतीय सेयर बजार नियामक सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले झट्का दिएको छ। 

सेबीले अडाणी गुप्रको कम्पनी अडाणी विल्मरको आईपीओमा रोक लगाएको छ। रोक लाग्नुको कारण अडाणी इन्टरप्राइजेजविरुद्ध ‘फरेन पोर्टफोलियो इन्भेस्टमेन्ट (एफपीआई) को जाँच रहेको छ। 

कम्पनीले आईपीओका माध्यमबाट ४५०० भारतीय रुपैयाँ जुटाउने तयारी गरेको थियो। 

सेबीको नियमका अनुसार आईपीओका लागि आवेदन गर्ने कम्पनीमाथि कुनै विभागमा जाचँबुझ चलिरहेको छ भने त्यस्तो कम्पनीको आईपीओलाई ९० दिनसम्म अनुमति दिने गरिन्न। यसपश्चात पनि उक्त कम्पनीको आईपीओलाई थप ४५ दिनसम्म रोक लगाउन सकिने व्यवस्था रहेको छ। गत जुन २०२१ मा पनि सेबीले ‘लो कस्ट एअरलाइन्स’ गोफस्र्ट को आईपीओमाथि रोक लगाएको थियो। कम्पनीका संस्थापकहरुविरुद्ध जाँच चलिरहेका कारण गोफर्स्टको आईपीओमाथि रोक लगाइएको थियो। 

अडाणी विल्मर, अडाणी इन्टरप्राइजेज र सिंगापुरको कम्पनी विल्मर इन्टरनेसनलको ज्वाइन्ट भेन्चर हो। जुन सन् १९९९ मा स्थापना भएको थियो। अडाणी विल्मरमा अडाणी इन्टरप्राइजेजको ५० प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले खाने तेलको कारोबार गर्ने गर्दछ।
यसका अलावा कम्पनीले बासमति चामल, आटा, मैदा, सुजी, दाल र बेसनजस्ता खाद्य सामग्रीहरु समेत बनाउने र बिक्री गर्ने गर्दछ। कम्पनीका धेरैजस्ता उप्तादनहरु फर्च्युन ब्रान्डको नामबाट बिक्री हुने गर्दछन्। 

अडाणी विल्मरको योजना सन् २०२७ सम्म भारतको सबैभन्दा ठूलो फुड कम्पनी बन्ने लक्ष्य रहेको छ। कम्पनीले उक्त लक्ष्य आईपीओका माध्यमबाट पूरा गर्ने योजना बनाएको छ। 

अडाणी गुप्रको ६ वटा सूचीकृत कम्पनीहरुमध्ये ५ वटाको बजार पूँजीकरण १ लाख करोड भारतीय रुपैयाँभन्दा पनि बढी रहेको छ। अडाणी गुप्रको सूचीकृत कम्पनीमा अडाणी इन्टरप्राइजेज, अडाणी पोर्टस एन्ड स्पेसन इकोनोमिक जोन, अडाणी ट्रान्समिसन, अडाणी पावर, अडाणी टोटल ग्यास र अडाणी ग्रिन इनर्जी समावेश छन्। – एजेन्सी