काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानी विश्व धनाढ्यको सूचीमा छलाङ मार्दै छैटौँँ स्थानमा उक्लिएका छन्। 

अडानी समूहको कम्पनीको सेयरमा आएको तीव्र उछालका कारण गौतम अडानीको सम्पत्तिमा वृद्धि भएको हो। अडानी विश्व घनाढ्यको सूचीमा छैटौँ स्थानमा उक्लिँदा मुकेश अम्बानी भने १० स्थानबाट तल झर्दै ११ औँ स्थानमा पुगेका छन्। 

बिलिनियर इन्डेक्सका अनुसार सन् २०२२ गौतम अडानीका लागि एकदमै सफल साबित भइरहेको छ। कमाइका आधारमा अडानीले एलन मस्क र जेफ बेजोसलाई समेत उछिनेका छन्। 

अडानी समूहको सेयरमा सोमबार आएको उछालले गौतम अडानीको नेटवर्थमा ८.५७ अर्ब डलर वृद्धि भएको छ। सोमबार अडानी टोटल ग्यासको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतको उछाल आएको थियो। 

रिपोर्टका अनुसार गौतम अडानीको कुल सम्पत्ति ११८ अर्ब डलर पुगेको छ। अघिल्लो दिनसम्म अडानी विश्व धनाढ्यको सूचीमा आठौँ स्थानमा थिए। – एजेन्सी