काठमाण्डौ । अडानी समूहले दिएको ४१३ पृष्ठको जबाफमा अमेरिकी फरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले आफ्नो प्रतिक्रिया दिएको छ।
हिन्डनबर्गले केही दिनअघि अडानी समूहमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लगाएको थियो। त्यसपछि अडानी समूहको सेयरमा भारी गिरावट आएको थियो।
अडानी समूहले आइतबार साँझ यो मामिलामा आफ्नो ४१३ पृष्ठको जबाफ दियो। जसमा अडानी समूहले यसलाई ‘भारतमाथिको हमला’ भनेको छ।
त्यसपछि हिन्डनबर्गले आफ्नो जबाफमा भन्यो, ‘फ्रडलाई राष्ट्रवादको नाममा लुकाउन सकिँदैन।’
हिन्डनबर्गले आफ्नो वेबसाइटमा प्रकाशित गरेको जबाफमा लेखे, ‘अडानी समूहले यस विषयलाई राष्ट्रवादी रङ दिएर हाम्रो प्रतिवेदनलाई ‘भारतमाथि नियोजित आक्रमण’ भन्दै वास्तविक मुद्दाबाट ध्यान हटाउन खोजेको छ। छोटकरीमा भन्नुपर्दा अडानी समूहले आफ्नो र यसका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा भएको ठूलो वृद्धिलाई भारतको सफलतासँग जोड्ने प्रयास गरेको छ। हामी यसमा असहमत छौँ। स्पष्ट रुपमा हामी विश्वास गर्छौं कि भारत एक समृद्ध लोकतन्त्रको साथसाथै उज्ज्वल भविष्यका साथ एक उदीयमान महाशक्ति हो। हामी यो पनि विश्वास गर्छौं कि अडानी समूहले भारतीय झन्डाको आडमा भारतलाई लुटिरहेको छ।’ –एजेन्सी
7 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago