काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले एउटा रिपोर्ट सार्वजनिक गर्दै अडानी समूहमाथि गम्भीर आरोप लगाएको छ। यो रिपोर्टपछि गौतम अडानीलाई ठूलो झट्का लागेको छ। कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ। कम्पनीका सेयरहरु रिकभरीका लागि ४०० प्रतिशतको छलाङ लगाउनुपर्ने अवस्था सिर्जना भएको छ। 

हिन्डनबर्ग प्रतिवेदनका कारण अडानी समूहका कम्पनी र गौतम अडानीको सम्पत्ति घट्ने प्रक्रिया थालेपछि रोकिने नाम लिइरहेको छैन। नतिजा यो भयो कि अडानीले २ वर्षमा जति कमाए, गुमाउन २५ दिन पनि लागेन। 

गौतम अडानीको व्यक्तिगत सम्पत्ति पछिल्लो एक वर्षको अवधिमा पहिलोपटक ५० अर्ब डलरभन्दा तल झरेको छ। कम्पनीको बजार पुँजी १ सय ३५ अर्ब डलरमा झरेको छ।

अडानी समूहको सेयरमा लगातार बिक्री हावी रहेको छ। सेयर घट्ने क्रम रोकिने नाम लिइरहेको छैन। अडानी समूहको सेयर यसरी बिग्रियो कि ५२ हप्ताको उच्चमा पुग्न ४०० प्रतिशतले उकालो लाग्नुपर्छ। गत वर्ष अप्रिल १९ मा अडानी ग्रीनको सेयरले ३०४८ रुपैयाँमा पुगेर ५२ साताको उच्च विन्दु बनाएको थियो तर आज मूल्य ५९०.५० रुपैयाँमा झरेको छ। 

त्यसैगरी अडानी ट्रान्समिसनको सेयर गत सेप्टेम्बर १६ मा ४२३८.५५ रुपैयाँमा पुगेको थियो भने आज ८३०.२५ रुपैयाँमा झरेको छ।

अडानीको सेयरमा आएको गिरावटका कारण गौतम अडानीको नेटवर्थ लगातार घटिरहेको छ। गौतम अडानी गत वर्ष सेप्टेम्बरमा १५० अर्ब डलरको सम्पत्तिसहित विश्वको तेस्रो धनी बनेका थिए तर अहिले उनको कुल सम्पत्ति ४७.४ अर्ब डलरमा झरेको छ। 

गौतम अडानी फोर्ब््सको अर्बपतिको सूचीमा तेस्रो नम्बरबाट २६ नम्बरमा झरेका छन्। उनको कुल सम्पत्ति ४७.४ बिलियन डलरमात्रै छ।

हिन्डनबर्गको रिपोर्टपछि उनको सम्पत्तिमा आएको गिरावटलाई हेर्दा जनवरी २४ मा उनको कुल सम्पत्ति १२१ अर्ब डलर थियो। आज यो ५० अर्ब डलरभन्दा कममा झरेको छ।

यदि गौतम अडानीको कमाइको ग्राफलाई हेर्दा २१ फेब्रुअरी २०२१ मा उनको सम्पत्ति ९ अर्ब डलरमात्र थियो। त्यसपछि सन् २०२१–२०२२ मा उनको सम्पत्ति रकेटको गतिमा बढ्यो। २६ अप्रिल २०२२ मा गौतम अडानीको कुल सम्पत्ति १२२ अर्ब डलर पुग्यो। सेप्टेम्बर २०२२ मा उनको सम्पत्ति १५० अर्ब डलर पुग्यो। १७ नोभेम्बर २०२२ मा उनको सम्पत्ति १३३ अर्ब डलरमा झर्यो। २४ डिसेम्बर २०२२ मा सम्पत्ति ११० अर्ब डलरमा झर््यो। जनवरी १८ २०२३ मा उनको कुल सम्पत्ति फेरि बढेर १२३ अर्ब डलर पुग्यो। जनवरी २३ मा, अडानीको कुल सम्पत्ति १२० अर्ब डलर थियो। 

हिन्डनबर्गको रिपोर्ट जनवरी २४ मा आयो। त्यसपछि उनको सम्पत्ति घट्न थाल्यो। हाल उनको सम्पत्ति ४७.४ अर्ब डलरमात्रै छ। 

यद्यपि गौतम अडानी यो समस्याबाट बाहिर निस्कने योजनामा छन्। उनले ऋण तिर्ने र ऋणको बोझ कम गर्ने योजनामा काम गर्दै। उनले अडानी व्यवसायलाई बलियो बनाउने काम गरिरहेका छन्। –एजेन्सी