काठमाण्डौ। तपाइँले कुन कम्पनीको ग्यास उपभोग गरिरहनुभएको छ ? तपाइँले ग्यास पाउनुभएन ? त्यो हो भने चिन्ता नलिनुहोस्। यी स्थानमा पाइन्छन् तपाइँले उपभोग गरिरहेको ग्यास।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोनाभाइरसबाट उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखी नेपाल आय निगम लिमिटेड र नेपाल एलपी ग्यास उद्योगसंघको पहलमा काठमाण्डौ उपत्यकालगायत आपसकास क्षेत्रमा ग्यासको सहज आपूर्तिको व्यवस्था गरिएको छ। 

नेपाल ग्यास र तार ग्यास बालाजुस्थित बीएमसी कर्नर, अनामनगरस्थितअनामनगर स्टार र सातदोबाटोस्थित एसएन स्टोरमा पाइन्छ। 

त्यस्तै सगर ग्यास र चण्डी ग्यास काठमाण्डौको जडीबुटीस्थित बिक्री डिपोमा पाइन्छ। 

एसटीसी ग्यास कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, जडीबुटीस्थित गोदम र सतुंगलमा पाइन्छ। 

ओम ग्यास थलीस्थित आदर्श स्टार र नैकापमा उत्सव खड्काले वितरण गरिरहेका छन्। 

बाबा, श्री र लुम्बिनी ग्यास कपनस्थित भद्रा फ्युल सेन्टर र धुम्बाराहीस्थित इलाइट सिल अगाडि पाइन्छ। 

एचपी ग्यास अशीम किचेन एन्ड ग्यास सप्लायर्स, सिद्धार्थ ग्यास इमाडोलस्थित केसी एलपी ग्यास सप्लायर्स र श्री माया ग्यास सतुंगलस्थित कम्पनीको डिपोमा पाइन्छ। 

लोकप्रिय ग्यास नैकापस्थित भान्जा ट्रेर्डस, राजधानी ग्यास सीतापाइलास्थित बिक्री डिपो, सूर्य ग्यास जगातीस्थित जोशी भीमसेन स्टोर, गीता ग्यास धुम्बाराहीस्थित टायटा शोरुमअगाडि र हिमाल ग्यास भगवती वहालस्थित प्रयास ट्रेर्डस एन्ड सप्लायर्समा पाइन्छ। 

यसैगरी नमस्ते ग्यास कागेश्वरी मनहरास्थित कुमार स्टोर, भानु ग्यास गोंगबुस्थित लीला ग्यास डिपो, एभरेस्ट र सुगम ग्यास सिफलस्थित ग्यास एन्ड अक्सिजन ट्रेड, श्रीराम ग्यास ललितपुरको हरिसिद्धस्थित सेल्स डिपो र मनोज ग्यास सानेपास्थित सुमन सम्राट स्टोर र न्यु नवीन स्टोरमा पाइन्छ। 

उपत्यकालगायत आसपासका क्षेत्रमा एलपी ग्यास कारोबार गर्ने उद्योगहरुले माथि उल्लेखित स्थान तथा बिक्रैताहरुको चैत ९ गतेदेखि रिटेल आउटलेट खोली सेवा गर्ने भएकोले अतिआवश्यक तथा तत्काल आवश्यकता परिपूर्तिका लागि आमउपभोक्ताले पायक पर्ने स्थानहरुमा एलपी ग्यास १ हजार३७५ रुपैयाँमा नै खरिन गर्न सक्ने निगमले जनाएको छ।

उपभोक्ताहरुमा धैर्यधारण गरी हालको परिस्थितिमा अनावश्यक एलपी ग्यास जगेडा नगरिदिन पनि निगमले अनुरोध गरेको छ। 

ग्यास पाइने आउटलेट र तिनीहरुको सम्पर्क नम्बर :

१) नेपाल ग्यास र तारा ग्यास

क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३ 

ख) अनामनगर स्टोर, अनामनगर ०१७७०४७८ 

ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९

२) सगर ग्यास र चण्डी ग्यास 

बिक्री डिपो, जडीबुटी ०१-५५१५६२७४

३) एसटीसीः 

क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी ९८५११३४८५३

ख) गोदाम, जडीबुटी ९८५११३४८५३

ग) सतुंगल ९८४३६०४६४६

४) ओम ग्यास 

क) आदर्श स्टोस, थली डाँछी ९८५१०२४२७१

ख) उत्सव खड्का, नैकाप ९८४१२६४०५८

५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास 

क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२ । 

ख) इलाइट सिल अगाडि, धुम्बाराही

६) एचपी ग्यास

असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६

७) सिद्धार्थ ग्यास

केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३

८) श्रीमाया ग्यास

कम्पनीको डिपो सतुंगल ०१५१०८१६२

९) लोकप्रिय ग्यास

भान्जा ट्रेडर्स नैकाप ०१४३१०५२

१०) राजधानी ग्यास

बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५

११) सूर्य ग्यास

जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६

१२) गीता ग्यास

टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२

१३) हिमाल ग्यास

प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५

१४) नमस्ते ग्यास

कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२

१५) भानु ग्यास

लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४

१६) एभरेस्ट ग्यास र सुगम ग्यास

ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७

१७) श्रीराम ग्यास

सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५