– प्रकाश न्यौपाने
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार काठमाण्डौका ब्रोकर हाउस पुगेका लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज सेयर बजार खुलेदेखि नै झिनो अंकले ओरालो लागेको थियो। सबैभन्दा पहिले हामी काठमाण्डौको नक्सालस्थित थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नंं. १३)मा पुगेका थियौँ। त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। त्यहाँ एक लगानीकर्ता अब बजारलाई नकारात्मक असर गर्ने कुराहरु सकिएको बताउँदै थिए। ‘अब राम्रा सूचना नआउँदासम्म सानो अंक घटबढ भइरहनेले हुँदा राम्रा कम्पनी हेरेर खरिद बढाउनुपर्छ’, ती लगानीकर्ताले भने।
केहीबेरको बसाइपछि हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज (ब्रोकर नं. १०)मा पुग्यौँ। मध्याह्नको करिब १२ बजेको थियो। बजार पनि ४ अंकले घटेको थियो। लगानीकर्ताहरु आज त बजार बढ्नैपर्ने भन्दै हो। ‘अब त बैंकको ब्याज पनि घट्न सुरु भएको छ’, एक लगानीकर्ताले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सकिएको छ।’
अर्का एक लगानीकर्ताले पछाडि फर्के भने, ‘यो चैत महिना बोनस सेयर लगानीकर्ताको खातामा आउने अन्तिम समय हो। बजार लामो समयदेखि बढ्न नसकेका कारण आफ्नो खर्च टार्न र कर्जाको ब्याज बुझान बोनस सेयर बिक्री गर्नुपर्ने बाध्यता छ।’
राजनीतिक अन्यौलका कारण ठूला लगानीकर्ताले सेयर खरिद नगरेको एक लगानीकर्ताले बताए। ‘धेरैजसो साना लगानीकर्ताले बोनस सेयर बिक्रीमा राख्दा झनै बजार दबाब सिर्जना भएको छ’, ती लगानीकर्ताले भने।
त्यहाँबाट हामी कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४)मा पुग्यौँ। त्यहाँ रहेका लगानीकर्ता अब केही दिनमा बजार सकारात्मक लयमा फर्किने बताउँदै थिए। ‘जब बजार घटेर न्यून विन्दुमा आउँछ तब कारोबार र भोलुम पनि न्यून विन्दुमा झर्छ’, एक लगानीकर्ताले भने, ‘यो बेला बजारमा धेरै लगानीकर्ता डराउने र कमले मात्र खरिद गर्ने गर्छन्। बजार विस्तारै बढ्दै गएपछि बल्ल अरु थप लगानीकर्ता आउने गरेको विगतको घटनाक्रमले पनि देखाएको छ।’
त्यहाँबाट हामी डिल्लीबजारस्थित अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६)मा पुग्यौँ। त्यहाँ उपस्थित लगानीकर्ताहरु १८८१ को बियरिस चर्चा गर्दै थिए। ‘त्यतिबेला ३ वर्षभन्दा लामो बियरिस खेपेका थियौँ’, एक लगानीकर्ताले भने, ‘हाइड्रो कम्पनीहरुका सेयरभाउ ६० रुपैयाँको आसपास र विकास बैंक र फाइनान्स कम्पनीहरुका सेयरभाउ पनि १०० रुपैयाँभन्दा तल आएका थिए। तर, न्यून विन्दुमा खरिद गरेर ३२०० को बुलमा बिक्री गर्ने लगानीकर्ताले राम्रो नाफा कमाए।’
बजार घट्दै जाँदा थोरै–थोरै खरिद गर्दै गएमा आउने बुलमा बोराभरि पैसा बनाउन सकिने ती लगानीकर्ताले बताए।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago