काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा खरिद आवेदन दिने आज माघ २० गते अन्तिम दिन रहेको छ।
गत माघ ११ गतेबाट प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago