काठमाण्डौ । कोभिड महामारीले विश्वमा आमजीवनशैलीमा निकै परिवर्तन गरिदिएको छ। मानिसहरु संक्रमणबाट बच्नका लागि निकै सतर्कता अपनाउन थालेका छन्। 

संक्रमणकै कारण व्यापारको शैली पनि आमूल परिवर्तनहरु भइरहेका छन्। अनलाइन व्यापारले निकै गति लिएका छन्। 

यसैबीच चीनले एउटा खास कुरियर रोबोटबाट कन्ट्याक्टलेस डेलिभरी सुरु गरेको छ। चीनका ३ दिग्गज कम्पनी अलीबाबा, माइतुआन र जेडी डट कमले कुरियर रोबोटका माध्यमबाट सामाना डेलिभरी सुरु गरेका हुन्। यी कम्पनीहरुले सन् २०२२ सम्म यस्ता २ हजार कुरियर रोबोट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

कोरोनाकालमा जनशक्तिको कमीका कारण कम्पनीहरुले कुरियर रोबोट सञ्चालन गर्ने जुक्ति निकालेका थिए। अहिले यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने तयारी गरिरहेका छन्।

माइतआन कम्पनीले यो वर्ष गत ८ जुलाईमा वर्ल्ड अर्टिफिसियल इन्टिलिजेन्स कन्फ्रेन्समा कुरियर रोबोटे सार्वजनिक गरेको थियो। यो रोबोटका माध्यमबाट कुरियर सर्भिस हाललाई विशेष रुटहरुमा उपलब्ध गराइएको छ। आवासीय र विद्यालय क्षेत्रमा हाललाई सामान डेलिभरीका लागि कुरियर रोबोटको प्रयोग भइरहेको छ। 

कम्पनीहरुका अनुसार अहिले सडकको अवस्था र सीमित गतिमा कुरियर रोबोटको प्रयोग भइरहेको छ। कुरियर रोबोटबाट सामान उपलब्ध ग्राहकलाई कम्पनीहरुले एउटा कोड दिएका हुन्छन्। ग्राहकले कुरियर रोबोटमा रहेको स्क्रिनमा कोड प्रबिष्ट गरेपछि मात्र सामान पाउने व्यवस्था गरिएको छ। – – एजेन्सी