काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै ग्राहकको शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइसमक्ष पेस गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार अनुसन्धान गर्ने निकायहरुबाट अनुसन्धानका सिलसिलामा कुनै व्यक्ति वा संस्थाको विवरण वा सूचना माग गरेका विषय शंकास्पद कारोबारको विषयसमेत भएको देखिएमा त्यस्तो ग्राहकको शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइसमक्ष पेस गर्नुपर्नेछ। त्यस्तो शंकास्पद कारोबार प्रतिवेदनमा नयाँ तथ्य वा विषय जानकारीमा रहेको अवस्थामा बाहेक अतिरिक्त सूचनाको रुपमा अभिलेख राख्नुपर्नेछ।
यसअघिको निर्देशनमा अनुसन्धान गर्ने निकायहरुबाट अनुसन्धानका सिलसिलामा कुनै व्यक्ति वा संस्थाको विवरण वा सूचनामाग गरेको अवस्थामा शंकास्पद देखिने नयाँ तथ्य वा विषय जानकारी मा आएको अवस्थामा बाहेक वित्तीय जानकारी इकाइलाई सूचित गर्न आवश्यक हुने छैन भन्ने व्यवस्था थियो। तर, त्यस्ता व्यक्ति वा संस्था तथा सोको कारोबारसम्बन्धी विवरण माग गरिएको अवस्थामा उपलब्ध गराउन सक्ने गरी तयार गरी राख्नुपर्ने व्यवस्था थियो।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago