काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ९७ लाख ९९ हजार रुपैयाँ खुद घाटा भएको थियो। 

यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ११ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ २० करोड ३३ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकरण ईपीएस ३.४१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस ०.४२ रुपैयाँले ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ ९६.४३ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ८८.९१ गुणा रहेको छ।