काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबापत रहेको रकमबाट चुक्तापुँजी ५० करोड रुपयाँको कुल ५.१० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ४.८४५ प्रतिशतले हुन आउने २ करोड ४२ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.२५५ प्रतिशतले हुन आउने १२ करोड ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी विरतण गरिने बैंकले जनाएको छ।
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago