काठमाण्डौ । प्रभु बैंकले आज ललितपुर जिल्लास्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता र ज्ञान हासिल प्राप्त गरेका छन्।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन तथा सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि १०० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ४ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो । स्थलगत अवलोकनको पहिलो दिनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र दोस्रो दिनको समापन समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेलले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुभ्mने गरी प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले नायब प्रमुख कार्यकारी अधिकृतहरुसमक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञासासमेत राखेका थिए।
प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न समाजउपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीलाई विद्यालय तहको बैंकिङ व्यावहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध जनाएको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago