काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२३ (ग्लोबल मनी विक २०२३) का अवसरमा पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले काठमाण्डौको मैतीदेवीस्थित युनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज एक कार्यक्रम गरी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
कलेजका ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता भएको कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका हुन्।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago