काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’ मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ। 

बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो। प्रदेश नं १ को विराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी, बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौँडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिएको छ। 

त्यस्तै गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ। यसका अलावा बैंकले विद्युतीय कारोबारका ७ प्रमुख विद्युतीय माध्यमहरु (मोबाइल एप, क्यूआर कोड, एटीएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, पीओएस र डिजिटल वालेट)का बारेमा श्रव्यदृश्य सामग्री तयार गरी आफ्नो सामाजिक सञ्जालमार्पmत प्रशारण पनि गरेको थियो।

यसैबीच सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङका प्रमुख भोलाबहादुर बिष्ट तथा आइसनका तर्फबाट कन्ट्री बिजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

सम्झौतापत्रअनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग ७ राष्ट्रहरु (भारत, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायत) मा अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथमपटक ७ प्रतिशत छुट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कुल १२ प्रतिशत छुट पाउनेछन्।