काठमाण्डौ । ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने मूल नाराका साथ सञ्चालन भएको ग्लोबल मनी विक–२०२३ ले पैसा वा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ।
यसअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि सातै प्रदेशवाट विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसमा प्रदेश नं १ को विराटनगर, धरान, सलकपुर, बानिघाम, मधेस प्रदेशको डीएभीआरभी केडिया स्कुल, कृष्ण प्रणामी, बागमती प्रदेशको थली, कलंकी, सिन्धुली, सूर्यविनायक, भैँसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी, महाबौध, धुम्बाराही, थसीखेलमा, गण्डकी प्रदेशको अमरापुरी, चाँमे, सिमलचौरमा, लुम्बिनी प्रदेशको बढैयाताल, घोराहीेको शान्ति सुधा बोर्डिङ स्कुल, नेपालगन्ज, कोहलपुरको गोपीगन्जको आदर्श उच्च माध्यमिक विद्यालय, पिपराको बाणगंगा माध्यमिक विद्यालय, फर्साटिकरको श्री बंगाई माध्यमिक विद्यालयमा, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, जाजरकोट, नाम्खा, सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको मोहन्याल, महेन्द्रनगर, धनगढी, बझाङ, अत्तरिया, ढँकारीमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरिएको बैंकले जनाएको छ।
ती कार्यक्रममा उपस्थित विद्यार्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आबद्ध सम्पूर्ण नेपालीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वका बारेमा विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ। यससँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमका बारेमा समेत जानकारी गराइएको थियो।
नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्नसमेत ती कार्यक्रमबाट आग्रह गरिएको बैंकले जनाएको छ। यसबाट बंैकिङ प्रणाली मजबुत हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago