काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले  बैंकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरे ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सीडीएस एण्ड क्लियरिगं काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ७९६ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।