काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ।

क्यापिटलले विभिन्न विभागअन्तर्गत म्यानेजमेन्ट ट्रेनीदेखि सुपरभाइजर पदहरुमा केही कर्मचारी माग गरेको हो। जसअनुसार म्यानेजमेन्ट ट्रेनी ३ जना र ट्रेनी असिस्टेन्ट केही कर्मचारी क्यापिटलले माग गरेको छ।  

यसैगरी इन्भेस्टमेन्ट बैंक विभागअन्तर्गत विभाग प्रमुख र सुपरभाइजर एक/एकजना माग गरिएको छ।

त्यस्तै फाइनान्सियल एड्भाइजअन्तर्गत जुनियर अफिसर १ जना र सुपरभाइजर १ जना माग गरिएको छ। 

रिसर्चअन्तर्गत पनि व्यवस्थापक र सुपरभाइजर १/१ जना माग गरिएको छ। डिपोजिटोरी पार्टिसिपेन्टमा एकजना सुपरभाइजर, इन्टरनल अडिटमा एकजना अफिसर र एकजना असिस्टेन्ट, मार्केटिङमा व्यवस्थापक र सुपरभाइजर १/१ जना, अकाउन्टमा असिस्टेन्ट म्यानेजर १ जना, आरटीएस/आरटीएमा सुपरभाइरज १ जना तथा रिकन्सिलेसनमा १ जना सुपरभाइजर र १ जना असिस्टेन्ट माग गरिएको छ। 

यी पदहरुका लागि क्यापिटलले विभिन्न शैक्षिक योग्यता र कार्यानुभव तोकेको छ। 

यी पदहरुमा आवेदन दिन इच्छुकले आउँदो जुलाई १५ सम्म vacancy@gicl.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। 

यो सूचना हेर्नुहोस् –