काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय भोलि शनिबार पनि खुल्ने भएको छ। 

ग्राहकको सुविधालाई ध्यानमा राखेर भोलि शनिबार काठमाण्डौको नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको ग्लोबल आइएमई क्यापिटलको मुख्य कार्यालय खुल्ने भएको हो। कार्यालय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने क्यापिटलले जनाएको छ। 

हाल सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद निष्कासन भइरहेको छ। यी दुवै कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

त्यसैले यी दुवै कम्पनीको आईपीआ र हकप्रद निष्कासनमा आवेदन गर्ने एवं हितग्राह खाता खोल्ने, नवीकरण गर्ने तथा हितग्राही खातासँग सम्बन्धित सम्पूर्ण कार्यहरु गरिने क्यापिटलले जनाएको छ।