काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१६ मगंलबजारमा आज आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ। 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।